Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग प्रस्ताव पारित

काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । त्यहाँको विपक्षी दलले विहीबार दर्ता गरेको महाअभियोग प्रस्ताव शुक्रबार भएको मतदानबाट पारित भएको हो ।

महाभियोग प्रस्तावमा कुल १९२ सांसदले मतदान गरेका छन्। प्रस्ताव पारित गर्न १५१ भन्दा बढी भोट आवश्यक थियो।
योसँगै उपप्रधानमन्त्री र अर्थ मन्त्री छोई साङ-मोकले कार्यवाहक राष्ट्रपतिको भूमिका सम्हाल्ने बताएका छन् ।

पूर्व राष्ट्रपति युन सुक-योलले छोटो समयका लागि घोषणा गरेको सैनिक शासनले ल्याएको गहिरिँदो राजनीतिक संकटका बीच यसले थप अप्ठ्यारा थपिएका छन् ।

कुनै नेताले कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्दा महाभियोगको सामना गर्नुपरेको यो पहिलोपटक हो ।अब कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्धको महाभियोगलाई संविधान अदालतबाट पुष्टि गर्न आवश्यक छ। अदालतले यस महाभियोगलाई कायम राख्ने वा खारेज गर्ने निर्णय गर्नका लागि १८० दिनको समय पाउनेछ।

शुक्रबार, कार्यवाहक राष्ट्रपति हान डक-सूले भने, ‘म नेशनल एसेम्बलीको निर्णयको सम्मान गर्दछु, र म संविधान अदालतको निर्णयको पर्खाइमा छु।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np