Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा सही ढंगले अग्रगामी रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् । युवा ऊर्जा सही ठाउँमा प्रयोग भए पार्टी, समाज र सिंगो देशको मुहार फेरिने उनको भनाइ थियो ।

अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन बिहीबार खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रचण्डले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरे ।

विगतदेखि नै युवाहरू शैक्षिक र राजनीतिक आन्दोलनको अगुवाइ भएको भन्दै उनले नवनिर्वाचित टिमले त्यही दिशामा काम गर्ने विश्वास व्यक्त गरे ।

‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु,’ कार्यक्रमपछि उनले सामाजिक सञ्जालबाट पनि सन्देश दिएका छन् ।

उनले युवाहरूलाई देश विकास, समाज रूपान्तरण र सुशासनका पक्षमा लाग्न तथा गलत कृयालापविरूद्ध उत्रिन अपिल पनि गरेका छन् ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा जयप्रकाश सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np