Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

माओवादीलाई बास्कोटाले भने- व्यवस्था कि सरकार बदल्ने कित्ता क्लियर गर्नू

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई कित्ता क्लियर गरेर अघि बढ्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले धेरै गम्भीरतापूर्वक उठेको छ । माओवादीले आफ्नो कित्ता क्लिएर गरोस् । दक्षिणपन्थी यात्रा हो कि, समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको हो कि सरकार बदल्न खोजेको हो ?,’ उनले भने ।

साथै, उनले विसं २००७ यता कांग्रेस एमाले सरकारमात्रै नभइ संस्था नै बनेको जिकिर गरे ।

‘यो संस्था बन्यो, कांग्रेस–एमाले २००७ सालदेखि यता, यो सरकारमात्रै होइन, संस्था बन्यो नेपाली राजनीतिको, त्यति कुरा ख्याल गरेर चल्दिनका निम्ति अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np