Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

सेन्टर प्लाजामा आगलागी : केही मानिस फसे, उद्धारको प्रयास

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा केही मानिस फसेका छन् । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् । स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ ।

माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन । इटहरी उपमहानगरपालिका-६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np