Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

आईपीएलमा शीर्षस्थानको गुजरातले कोलकातालाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्षस्थानको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ । सोमबार भएको खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।

इडेन गार्डेन्समा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ५० रन बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।

अंगकृश रघुवंशीले अविजित २७ तथा आन्द्रे रसलले २१ रन बनाए । गुजरातका लागि प्रसिध कृष्णा र राशिद खानले २-२ विकेट लिए । मोहम्मद सिराज, इशान्त शर्मा, साइ किशोर र वासिङटन सुन्दरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो । शुभमन गिलले ९० तथा साइ सुदर्शनले ५२ रन बनाए भने जस बट्लर ४१ रनमा नटआउट रहे । कोलकाताका आन्द्रे रसल, वैभव अरोरा र हर्षित रानाले १-१ विकेट लिए ।

यस जितपछि शीर्षस्थानको गुजरातको ८ खेलमा १२ अंक भएको छ भने ८ खेलमा ६ अंक मात्र भएको कोलकाता सातौंमा रहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np