Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

जनयुद्ध लडेको मान्छे हुँ, हात्तीरुपी भारतसँग लड्न तयार छुः सांसद रेनु चन्द

६ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्र की सांसद रेनु चन्दले हात्तीसँग लड्न परे पनि आफूहरु लड्न तयार रहेको बताएकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरू तयार रहेको बताइन्। आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको उनको भनाई थियो।

सांसद चन्दले लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कुटनीतिक पहल गर्न सरकारसँग माग पनि गरिन्। सबै राष्ट्रिय शक्तिहरू मिलेर कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ।

उनले भनिन्, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला। हात्तीसे लड्जायेगी चिटीकी टोली। तयारी गर्नुस्। कुटनैतिक पहल तपाईंहरूको पुग्दैन भने नडराउनु होला। म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु। यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन। मूल जरो त कुटनीतिक पहल नै हो।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरुको अवस्था नाजुक रहेको बताइन्।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np