Global Force Media

२०८२ चैत्र १३ - Fri Mar, 2026 -

कतारबाट नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन दूतावासको विशेष अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन विशेष अनुरोध गरेको छ।दूतावासले आज सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हो।

मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी ) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ।

थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np