Global Force Media

२०८२ चैत्र १९ - Thu Apr, 2026 -

नेकपा ( एमाले ) ले अध्यक्ष केपी ओलीको पक्राउको विरुद्ध देशव्यापी विरोध प्रदर्शन

काठमाडौं,। नेकपा  ( एमाले ) ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । विभिन्न जिल्लामा कार्यकर्ताहरु प्रदर्शनमा समेत उत्रिएका छन् । तर, एमालेको सचिवालय बैठकले भने अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । उसले सरकारको कदमको कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । सँगै, अन्य दलसँग सम्वाद गर्ने पनि निर्णय लिएको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्ने भएका छन् भने संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग भने उपाध्यक्ष रामबहादुर थापाले गर्ने भएका छन् । यस्तै, कानुनी उपचारमा जाने कुराको संयोजन भने अर्का उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np