Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

अध्यक्ष अनुप श्रेष्ठ र महासचिवमा धिरज उपरकोटी सहित कार्यसमिति सर्वसहमत निर्वाचित

पुर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर  २ का संघीय सांसद पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्य र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट क.शुरेन्द्र को विशेष आतिथ्यमा सम्पन्न गोरखा ताकुकोट सेवा समाज,काठमाडौँको नवौं बार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचित कार्यक्रम सम्पन्न भएको छ । हिजो  पुस ६ गते  शनिवार काठमाडौं खरिबोटको मदर्श बैंक्वयट्मा नवौं साधारण सभा  पुर्व प्रधानमन्त्री  प्रचण्डले पानसमा बत्ती बालेर उदघाटन गरे सँगै नयाँ कार्यसमिति   समेत चयन गरेको हो । हिजो सम्पन्न अधिवेशले अनुप श्रेष्ठको अध्यक्षतामा १३ जना सदस्यीय रहने गरि नयाँ कार्यसमिति  निर्वाचित गरेको संस्थाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले जानकारी दिनु भयो ।


यस नवौं साधारण सभाको अधिबेसनले पादाधिकारी सर्वसहमत निर्वाचित गरेको हो। यस संस्थाका अध्यक्ष अनुप श्रेष्ठ, उपाध्यक्ष राजन बाबु श्रेष्ठ,महासचिव धिरज उपरकोटी,सचिव होम नारायण श्रेष्ठ,कोषाध्यक्ष  भिम प्रसाद देवकोटा निर्वाचित भएका महासचिव धिरज उपरकोटीले बताउनु भयो । यस संस्थाका सदस्याहरु अनिल पनेरु,ईन्दिरा भट्ट ढकाल,हरिराम आले मगर, विकास बाबु परियार,नानु बेलबासे हिरा, शेर बहादुर गुरुङ शितल,चिनु सुवेदी,जिबन जोशी रहनु भएको छ ।

संस्थाको नवौं वार्षिक साधारण सभाको अवसरमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका स्थित माध्यामिक विद्यालयहरुबाट एस.ई.ई. (SEE) २०८० मा सर्वोकृष्ट जि.पि.ए. प्राप्त गर्ने श्री जलकन्यादेवी माध्यमिक विद्यालयको बिद्यार्थी एलिसा परियार लाई रु.११,०००।- (एघार हजार रुपैया) नगद पुरस्कार सहित कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का संघीय सांसद माननीय पुष्पकमल दाहाल (प्रचण्ड ) ज्यूबाट सम्मान गरिएको छ ।


सोही अवसरमा  गोरखा जिल्लाको साबिक ताकुकोट गा.वि.स. हालको बारपाक सुलिकोट गाउँपालिका वडा नं.६ स्थित श्री सूर्य ज्योति माध्यामिक विद्यालय, श्री माईकोट माध्यामिक विद्यालय र अन्तर ज्योति माध्यामिक विद्यालयबाट एस.ई.ई., २०८० मा सर्वोकृष्ट जि.पि.ए. प्राप्त गर्ने विद्यार्थीहरु क्रमश  रिमा बराम , जीवन बराम , सन्जय श्रेष्ठलाई रु.१०,००० (दश हजार रुपैया) नगद पुरस्कार सहित सम्मान गरिएको थियो।

संस्थाको आजीवन सदस्यहरुको छोरा छोरीहरु मध्येबाट एस.ई.ई. (SEE), २०८० मा सर्वोकृष्ट जि.पि.ए. प्राप्त गर्ने आजीवन सदस्य रमेश श्रेष्ठको छोरा रोमन श्रेष्ठलाई रु.१०,०००।- (दश हजार रुपैया नगद पुरस्कार सहित सम्मान गरिनुको साथै एस. ई. ई. (SEE) २०८० उर्तिण गर्ने आजीवन सदस्यहरुको छोरा/छोरीहरु   सृष्टी बस्नेत, रीवाज श्रेष्ठ, बिहानी भट्ट, समृद्ध बस्ताकोटी , संगम श्रेष्ठ, प्रज्वल पनेरु, प्रवेश पनेरु, सिम्रन श्रेष्ठ, सोनी आले मगर, अभिनव आले मगर, आशिस आले मगर, बसन्त परियार,विपिना थापा, विशाल बडु, रोमिया सिंह थापा, सिद्धार्थ आले मगर, श्रेयना दवाडीलाई सम्मान पत्र सहित प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।
साथै राष्ट्रिय लोक गायक मनोज सिंह धामी, राम कुमार सुनुवार र स्थानिय कलाकारहरूको उपस्थितिमा  सास्कृतिक कार्यक्रम पनि  रहेको थियो ।
कार्यक्रममा गोरखा ताकुकोट सेवा समाज काठमाडौं  र गोरखा गण्डकी  स्वास्थ्य  क्लिनिक एण्ड  गोरखा मनाशु मेडिकल हलको सहयोगमा निःशुल्क परिक्षण   स्वास्थ्य शिविर पनि रहेको थियो।  उक्त कार्यक्रमा संस्थाले २०८०/२०८१ भित्र गरेका काम र खर्च विवरणको  प्रतिवेदन नवनिर्वाचित उपाध्यक्ष राजन बाबु श्रेष्ठले प्रस्तुत  गर्नु भएको थियो । कार्यक्रममा गोरखा तथा अन्य जिल्ला भित्रका संस्थाका जिम्मेवारी व्यक्ति र राजनैतिक बृद्वीजिवी गोरखाबाट काठमाडौँ आई बस्ने विभिन्न पेसा ब्यबसायी र पढ्दै  बस्नुहुने ताकुकोट बासीहरु लगायतको बक्लो रुपमा उपस्थिति थियो। गोरखा ताकुकोट सेवा समाज, काठमाडौं आफ्नो गाउँ ताकुकोट बाट आई काठमाडौं बसोवास गर्ने, व्यवासाय गर्ने, अध्यन र जागिर गर्ने हरूलाई एकतावद्व बनाएर गाउँको लागी केही गर्नुपर्छ भनेर गठन भएको संस्था हो ।

कार्यक्रममा  नयाँ आउने कार्यसमितिलाई धन्यवाद तथा बधाई दिँदै  पुर्व प्रधानमन्त्री क.प्रचण्डले आफ्नो निर्वाचित क्षेत्र भएको र आफुलाई निर्वाचित गर्न अमुल्य  मतदान गरि भारी मतका साथ आफुलाई बिजय गराउनु भएकोमा सबैलाई   धन्यवाद दिनुका साथै  बिकास निर्माणमा गोरखा र बारपाक सुलिकोट भित्र भौतिक पूर्वाधार विकास र अन्य सयोग समन्वय आफुले गर्दै आएको र अझै
गर्दे जाने छु भन्ने प्रतिबद्धता जनाउनु भयो ।हुडीखोलाको पुलको लागी आफुले अर्थ मन्त्रालय र भौतिक सचिव सँग पहल गरेको अझै बारपाक सुलिकोट र ताकुकोटमा बिकास निर्माण सहित अन्य कार्यक्रमहरू ल्याउन आफू लागि पर्ने बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np