Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

प्रधानमन्त्रीसँग भेटेपछि निर्माण व्यवसायीले रोके आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि निर्माण व्यवसायीले आन्दोलन रोकेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ टोलीले बुधबार प्रधानमन्त्री ओलीसँग भेटेको थियो । भेटमा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि महासंघले २७ पुसमा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले भुक्तानी, मूल्यवृद्धि तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ ।

यसबीच निर्माण व्यवसायीले विभिन्न दलका नेता र विभागीय मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । साथै, १४ बुँदे माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएर १८ माघदेखि सडक आन्दोलन घोषणा गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np