Global Force Media

२०८१ जेष्ठ ५ - Sat May, 2024 -

पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।

शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए।

पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका छ। यद्यपि यकिन भइसकेको छैन।

अवरूद्ध भएको सडक खुलाउन ८-९ घण्टा लाग्ने उनले बताए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np