Global Force Media

२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

युक्रेनी राष्ट्रपतिले माफी माग्नुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ, जेलेन्स्कीद्वारा अस्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच मिडियाकै सामुन्न भएको तिखो बहसले तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध तत्काल रोक्न भइरहेको पहलमा झट्का लागेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ओवलमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीको चर्काचर्की भएको थियो । यससँगै दश मिनेटमै वार्ता बिथोलिएको थियो र जेलेन्स्की निस्कनु परेको थियो ।

यो घटनापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताए । ‘राष्ट्रपति ट्रम्पले कयौं महत्वपूर्ण सम्झौतालाई टुंग्याएका छन् । तर, त्यस्तो व्यक्तिको अगाडि जेलेन्स्की यसरी आक्रामकताका साथ प्रस्तुत हुन्छन् भने वार्ता कसरी सम्भव हुन्छ ? जेलेन्स्की शान्तिसम्झौताको कुरा त गर्छन् तर सम्भवतः त्यो चाहँदैनन् ।

 

ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, पत्रकार सम्मेलन पनि रद्द

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने माफी माग्न अस्वीकार गरेका छन् । फक्स न्युजसँग कुराकानी गर्दै जेलेन्स्कीले भनेका छन्, ‘मलाई लाग्छ, मैले माफी माग्न जरुरी छैन । म अमेरिकी राष्ट्रपति र अमेरिकी जनतालाई सधैं सम्मान गर्छु ।

मलाई लाग्दैन कि मैले कुनै गल्ती गरेको छु । लोकतन्त्र र स्वतन्त्र मिडियाको आदर गर्दै म भन्न चाहन्छु, कि केही कुरामा मिडियाभन्दा अलग रहेर वार्ता गर्न आवश्यक हुन्छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np