Global Force Media

२०८३ बैशाख १८ - Fri May, 2026 -

रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड ) विजयी

रुकुम पूर्व — रुकुम पूर्वमा पूर्वप्रधानमन्त्रीमध्ये नेकपा संयोजक पुष्पकमल दाहाल ( प्रचण्ड )  विजयी भएका छन् । दाहाल १० हजार २ सय ४० मतसहित विजयी भएका हुन् ।दाहाल लगातार पाँचौँपल्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

दाहालका निकटतम् प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत पाए । त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार ८१ मत पाउँदा रास्वपाका लखनकुमार थापाले ८१९ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याए ।

पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं। ५ बाट निर्वाचित र काठमाडौं १० बाट पराजित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भएका थिए ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np