Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

कांग्रेस–एमालेकै नेताहरूबाट गन्ध पाएँ, सरकार ढल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नटिक्ने भन्नेबारे आफूले दिएको अभिव्यक्ति सत्तारुढ दलकै नेताहरूको छलफलबाट थाहा पाएको बताएका छन् ।

मंगलबार साँझ नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस–एमालेका कयौं नेताहरूसँग प्रत्यक्ष र परोक्ष संवाद भइरहेको जिकिर गरे ।

‘एमालेका कयौं नेताहरू र कांग्रेसका कयौं नेताहरूसँग भएका प्रत्यक्ष, परोक्ष कुराकानीहरूबाट पनि त्यो स्मेल (गन्ध) थाहा पाएपछि मैले भनेको हो,’ उनले भने, ‘दिन तोकेर भनेको होइन । सायद नयाँ वर्षमा सरकार पनि नयाँ बन्न सक्छ भन्ने कुरा म अहिले पनि भन्न सक्छु ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष कुराकानी नभएको भन्दै अन्य नेताहरूसँग आफू अप्रत्यक्ष संवादमा रहेको प्रचण्डको भनाइ थियो ।

‘सभापति शेरबहादुर देउवाजीसँग अहिले प्रत्यक्ष कुरा त भएको छैन, अप्रत्यक्ष कुरा त धेरैसँग भएको छ । मलाई यो भन्दा धेरै बोल्न नलगाउनुस् है, क्रिपया,’ प्रचण्डले भनेका छन् ।

सरकारमै रहेका पार्टीका धेरै नेताहरूले पनि असन्तुष्टि व्यक्त गरेकाले पनि यो सरकार धेरै जान सक्दैन भनेर आफूले भनेको प्रचण्डको भनाइ थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np