Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने, परिपत्र जारी

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ ।

प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३/३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने गरी मोर्चाले आ-आफ्नो पार्टीमार्फत विशेष परिपत्र पठाएको स्रोतले जनाएको छ ।

त्यस्तै जिल्ला पार्टी प्रमुख सहित २÷२ जना रहने गरी गठन गर्ने, समन्वय समिति गठन गर्दा समावेशी बनाउन जोड दिने लगायतका विषय सर्कुलरमा समेटिएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

प्रदेश र जिल्ला दुवै स्तरमा सबै दलबाट १÷१ जना प्रतिनिधित्व रहने गरी सचिवालय गठन गरी संचालन गर्न सकिने समेत उल्लेख छ ।

मोर्चाको सोमबार बसेको बैठकले भदौ ८ गतेदेखि २५ गतेसम्म सातै प्रदेशको मुख्यमुख्य शहरमा सभा गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ ।

जसअनुसार बैठकले  कार्यविधि र अवधारणापत्र पारित गर्दै सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चा बैठकले कार्यक्रमको मिति तय गर्दै त्यसका लागि दलहरुबाट आयोजक समेत  चुनिएको थियो ।

जसअनुसार भदौ ८ गते वीरगन्जमा मधेस प्रदेशको मोर्चा घोषणा कार्यक्रम हुनेछ । जसको आयोजक जनता समाजवादी पार्टी (जसपा) रहने तय भएको छ ।  यसैगरी भदौ १२ गते नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा लुम्बिनीको बुटवलमा, भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा एकीकृत समावजादीको आयोजनामा कार्यक्रम गर्नेगरी टुंगो लगाइएको छ ।

यसैगरी भदौ १४ गते कर्णालीको सुर्खेतमा माओवादी केन्द्रको आयोजनामा कार्यक्रम हुनेछ भने भदौ १५ गते बागमती प्रदेशको हेटौँडामा एकीकृत समाजवादीको आयोजनामा कार्यक्रम हुनेछ ।  यसैगरी भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा जनता समाजवादी पार्टीको आयोजनामा कार्यक्रम हुनेछ ।

सबै कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np