Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

साफ यु–१९ च्याम्पियनसिप खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ ।गोल्डेन जुब्ली स्टेडियम, युपियामा मंगलबार भएको खेलमा भारतले नेपाल विरुद्ध फराकिलो जित निकाल्दै समूह विजेता बन्दा नेपाल समूह उपविजेता बनेको हो ।

यसअघि नै दुवै टोलीले श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए । समूह विजेता बन्दाका लागि भएको प्रतिस्पर्धामा भारतले बाजी मारेको हो । भारतले खेलको दुवै हाफमा दुई दुई गोल गरेको थियो ।

भारतका लागि रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले एक-एक गोल गरे । रोहिनले २७औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा डोडुमले गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।

रोहितले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । डानीले ८४औं मिनेटमा गोल गरेपछि भारतले सहज जित हात पारेको हो ।

जितपछि समूह बी मा दुई खेलबाट ६ अंक जोडेर भारत अपराजित रह्यो । नेपाल एक जित र एक हारबाट दोस्रो हुँदै सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश साविक विजेता समेत हो ।

भारतले भने समूह ए को उपविजेता माल्दिभ्ससँग खेल्नेछ । मंगलबारै भएको खेलमा भुटानसँग २-२ को बराबरी खेलेपछि माल्दिभ्सले समूह को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । भुटान र श्रीलंका भने समूह चरणबाट बाहिरिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np