Global Force Media

२०८० चैत्र १५ - Thu Mar, 2024 -

कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ताले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले नेता शेखर कोइराला पक्षले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ । असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ ।

उसले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रबारदेखि कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । चुनावको मुखमा पार्टीभित्र बखेडा झिक्ने काम भएको भन्दै संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

प्रवक्ता महतका अनुसार समानुपातिकको बन्दसूचीमा कुनै पनि नेताको ‘नोट अफ डिसेन्ट’ छैन । उनले भने, ‘पार्टीभित्र सर्वसम्मत भएको निर्णयबारे सडकमा भ्रम छर्ने काम भइरहेको छ । चुनावको भेला पार्टीभित्र बखेडा झिक्नु राम्रो भएन ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np