Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाए :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएको टिप्पणी गरेका छन् । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उनको भनाइ छ । उनले ज्योतिषीहरु पात्रो पल्टाएर हजुरबुबा नभए नाती त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताए । उनले राजतन्त्र समर्थकहरु राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर अब कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो । अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाती त पक्कै भन्छ फेरि । त्यसो भए हिँड भाई हो सडकमा भन्छ अर्काले । यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो ।’

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np