Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

विवेकशील साझा पार्टीको आह्वान, जेनजीसहित वैकल्पिक राजनीतिक शक्तिबीच वृहत एकता गरौं

काठमाडौं । विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि आह्वान गरेको छ ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण गर्न सबै ढोकाहरु खुला गरेको जनाएका छन् ।

‘सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ’, वक्तव्यमा भनिएको छ ।

विवेकशील साझाले जेनजी विद्रोहलाई ऐक्यवद्धता गर्दै त्यसकै जगमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता पनि गरेको छ । पार्टीले २१ फागुनमा घोषणा गरिएको चुनावमा सहभागी हुने घोषणा गरेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np