Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहना छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटकको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितोस भन्ने चाहना रहेको बताएका छन् ।

तोपाटीको विश्वकप महासंग्राममा बोल्दै भट्टराईले आफूलाई अर्जेन्टिना र मेस्सी पहिले देखि नै मनपर्ने भएकाले विश्वकपको उपाधि अर्जेन्टिनाले जितोस् भन्ने चाहना भएको बताए ।

‘मैले समर्थन गर्ने टिम पहिले देखि नै अर्जेन्टिना हो । यो पटकको विश्वकपको उपाधि अर्जेन्टिनाले नै जितोस भन्ने चाहना छ,’ भट्टराईले भने ।

भट्टराईले अर्जेन्टिनाको खेल कहिले राम्रो कहिले अलि खस्केको जस्तो देखिने भएपनि पछिल्लो दुई खेलमा गरेको प्रदर्शनले अर्जेन्टिनाले उपाधि जित्नै नै आएको जस्तो देखाएको बताए ।

‘अर्जेन्टिनाको खेलमा कहिलो तल–माथि देखिन्छ त्यसैले डर लागेको छ । तर, अर्जेन्टिनाले जित्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np