पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । विद्युतीय चुरोट ( भेप ) मार्फत सुन तस्करी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको
उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
महरालाई भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।




