Global Force Media

२०८२ चैत्र २० - Fri Apr, 2026 -

उर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न शंकर पोखरेलको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले हालै दर्ता गरेको ‘उज्यालो नेपाल पार्टी’ को प्रसंग उठाउँदै मन्त्री पदमा बसिरहनु नैतिक रूपमा अनुपयुक्त रहेको टिप्पणी गरेका हुन्।

पोखरेलले भने, प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?’ उनले फेसबुकमा लेखेका छन्, ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र?

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np