Global Force Media

२०८२ फाल्गुन २६ - Tue Mar, 2026 -

रवि र बालेनबीच वार्ता: परिणामका लागि केही समय कुर्नुपर्ने रविको जवाफ

काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेबीच अढाई घण्टा लामो वार्ता भएको छ । वार्ता सकेर अहिले रास्वपा सभापति लामिछाने बाहिरिएका छन् । बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीसमेत गरेका थिए ।

वार्ताको परिणामबारे सञ्चारकर्मीहरुले राखेको चासोमा सभापति लामिछानेले परिणामका लागि केही समय कुर्नुपर्ने जवाफ दिए । उनले सञ्चारकर्मीहरुसँग प्रश्नको सिधा जवाफ नदिई प्रतिप्रश्न गरेका थिए । उनले वार्ताको परिणामबारे सोधिएको प्रश्नमा भने, ‘मेरो अनुहारले के बताउँछ ?’

‘अब जनताले चाहेको परिणाम आउँछ त ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले त्यसका लागि पनि अलिकता समय प्रतिक्षा गर्नुपर्ने बताएका थिए ।

साथै, लामिछानेले आफूहरुबीचको छलफल सकारात्मक रहेको पनि बताए । ‘बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् त ?’ भनी सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले त्यो सबै समयले बताउने जवाफ दिए ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np