Global Force Media

२०८२ चैत्र १२ - Thu Mar, 2026 -

उत्तर कोरियाद्वारा उत्तर कोरियाबाट पूर्वी सागरतर्फ १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले उत्तर कोरियाबाट पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।

उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस )ले यसबारे जानकारी दिएको बीबीसीमा समाचार छ ।

उत्तर कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको समाचारमा उल्लेख छ ।

जेसीएसका अनुसार मिसाइहरू उत्तर कोरियाको सुनान क्षेत्रबाट स्थानीय समयानुसार दिउँसो १ बजेर २० मिनेटमा प्रक्षेपण गरिएको थियो ।

उत्तर कोरियाले प्रक्षेपण गरेको यो सालको यो तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो । यसअघि जापानको रक्षा मन्त्रालयले पनि शनिबार भएके प्रक्षेपणको पुष्टि गरेको थियो ।

मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा भनेको थियो, ‘सम्भवतस् एक ब्यालेस्टिक मिसाइल उत्तर कोरियाबाट प्रक्षेपण गरिएको छ ।’

यद्यपि, उत्तर कोरियाका तर्फबाट मिसाइल परीक्षणबारे कुनै प्रतिक्रिया आएको छै्न ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np