Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

पितृ श्रद्ध गरेजस्तै वर्षमा एकचोटि एकदिन गर्ने विषय हो र प्रेम ? : अध्यक्ष राधा पोखरेल

पितृ श्रद्ध गरेजस्तै वर्षमा एकचोटि एकदिन गर्ने विषय हो र प्रेम ? : अध्यक्ष राधा पोखरेल

राधा पोखरेल – नेपाल पुँजी बजार लगानीकर्ता संघ 

प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामीकाँहा प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा
पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ ।
मेरो मान्यता छ – मायामा कुनै स्वार्थ र शर्त हुनुहुँदैन । मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको तहमा स्वीकार गर्नु हो ।
माया यस्तो होस्- सम्झँदा मात्र पनि मन आह्लादित होस्, आनन्दित होस्,पल्लवित होस्, अनि जीवनलाई नै उत्प्रेरित र ऊर्जाशील गराउन सकोस् । मलाई लाग्छ- हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गतिको नाम हो प्रेम ।” मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन : हुन्छ त केवल त्याग हुन्छ, समर्पण हुन्छ । मानवप्रेममा मृत्यु होइन, मुक्ति हुन्छस स्वार्थ होइन, समर्पण हुन्छस बन्धन होइन, स्वतन्त्रता हुन्छस प्राप्ति होइन, त्याग हुन्छ ।

ब्यस्तता बढ्दो छ मान्छेमा । व्यस्तताको वावजुद जीवनलाई व्यवस्थित गर्ने चुनौति थपिएको छ मान्छेभित्र । समयको व्यवस्थापनमा नै जीवनको सफलता लुकेको हुन्छ । मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, प्रेम गर्नलाई अलग्गै समयको खाँचो पर्दैन । केवल भएको समयको ब्यबस्थापन गरे पुग्छ । पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने बिषय होइन प्रेम । हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो प्रेम ।

आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा(घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा(नोक्सानसँग तुलनीय भएका छन् ।
जे जस्तो डे र दिवस भएपनि यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् १ पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस् । सवै मित्रहरुमा शुभकामना १ ❤️💗😘😘

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np