Global Force Media

२०८३ असार १८ - Thu Jul, 2026 -

सर्वोच्च नेता खामेनी हत्याको बदला लिने इरानको घोषणा

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ ।

सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरिएको हो ।

इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित सन्देश प्रकाशित गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सन्देशमा खामेनीको हत्याको बदला हत्यारहरूसँग अवश्य नै लिइने उल्लेख छ ।

मोहम्मद बाकरको उक्त सन्देश सोशल मिडिया प्लेटफर्म ‘एक्स’द्वारा जारी गरिएको छ । इरानका सर्वोच्च नेता खामेनीको २८ फेबुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो ।

उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा कयौं अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथ–साथै उनको परिवारका केही सदस्य पनि मारिएका थिए ।

खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने बीबीसीले जनाएको छ ।

‘शोक सभाहरू इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि आयोजना हुने छन्,’ समाचारमा भनिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np