Global Force Media

२०८३ जेष्ठ १८ - Mon Jun, 2026 -

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो

काठमाडौं । मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । तृशा गोंगदीले अविजित ४४ तथा सनिका चल्केले २६ रन बनाइन् । दक्षिण अफ्रिकाकी केला रेनेकेले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमा अलआउट भएको थियो । मिकी भान वूर्स्टले सर्वाधिक २३ रन बनाइन् । भारतकी तृशा गोंगदीले ३ विकेट लिइन् । त्यस्तै वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले २-२ विकेट तथा शबनमले १ विकेट लिइन् ।यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इंग्ल्याण्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो । यसपटक भारतले इंग्ल्याण्डलाई सेमिफाइनलमै हराउँदै लगातार फाइनलमा पुगेर उपाधि जितेको हो ।

नेपाल पनि पहिलोपटक यस विश्‍वकपमा सहभागी भएको थियो । नेपाल समूह चरणका सबै खेलहरूमा पराजित हुँदै अगाडि बढ्न सकेन ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np