Global Force Media

२०८३ जेष्ठ १८ - Mon Jun, 2026 -

नेकपा एसका नेता माओवादी प्रवेश

एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका सदस्य कृष्णराज लब्ली न्यौपाने, अरुण भण्डारीलगायत जिल्ला कमिटीका केही नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चितवन । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए ।

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गंगा लामा, राजेन्द्र कँडेललगायतका नेता माओवादी प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेका भण्डारी यसअघि एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षसमेत रहेका थिए । एमालेमा हुँदा पार्टी सचिव रहेका भण्डारी विभाजनसँगै एकीकृत समाजवादीतिर लागेका थिए ।

त्यसअघि २०७४ को निर्वाचनमा उनी एमालेबाट भरतपुर १० को वडाध्यक्ष निर्वाचित भएका थिए । शनिबार आयोजित कार्यक्रममा अन्य विभिन्न पार्टीका ६० नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी चितवनका अध्यक्ष रामचन्द्र न्यौपाने (आरसी)ले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np