Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १:०० बजेबाट सुरू हुनेछ ।

उता विधायन व्यवस्थापन समितिको बैठक अपरान्ह १२:३० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११:०० बजे बस्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np