सत्ता साझेदारी दलकै सांसद भण्डारीको टिप्पणी- नेपाली अनागरिक बन्दैछन् !

काठमाडौँ- सत्ता साझेदारी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भण्डारीले पैसा कमाउने लोभले होस या देश छाड्ने होडबाजीले होस् नेपाली नागरिक अनागरिक बन्दै गएको बताएका हुन् ।
‘नेपाली अनागरिक बन्दैछन् ! जुनसुकै कारणले होस – पैसा कमाउने लोभले होस् ! देश छाड्ने होडवाजीले होस !!!’ उनले भनेका छन्- ‘मानिस बिक्रि गर्ने दलालको फन्दामा परेर होस् ! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन !! नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिप्युट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ !
‘



