Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

पूर्वविशिष्टलाई आजीवन सुविधा विनाशकाले विपरित बुद्धि : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नागरिकको आक्रोश बढिरहेका बेलामा पूर्व विशिष्टलाई आजीवन सुविधा दिनु विनाशकाले विपरित बुद्धि रहेको भनेर असन्तुष्टि जनाएका छन् ।

शुक्रबार उनले सामाजिक सञ्जालमा लेख्दै सरकारको यस्ता कामले व्यवस्था पार्टीको हित नगर्ने उल्लेख गरेका छन् ।

‘सरकार कुशासनको दुष्चक्रमा परेकाले नागरिकको बढ्दो आक्रोशले सत्तारूढ पार्टीभित्र सरकारको कार्यशैलीप्रतिको विरोध भइरहेको छ,’ उनले भने,’ गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील समयमा अर्को दुष्कर्मको प्रयास स्वरूप पूर्व विशिष्टलाई आजीवन सुविधा ।’

सरकारले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने तयारी कुराहरू सार्वजनिक भएपछि उनले सरकारको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

यदि सरकारले यो कानुन ल्याएमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र गृहमन्त्रीलाई आजीवन सवारी, आवास, इन्धन र सचिवालयसहितका कर्मचारीले सुविधा पाउने छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np