Global Force Media

२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

काठमाडौं – उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।

देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको बताइएको छ । यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ ।

प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो । यो दुर्घटना ब्यान्ड एडीएनको प्रस्तुतिको क्रममा भएको थियो ।

यस ठाउँबाट धेरै घण्टासम्म आगोको ज्वाला उठिरह्यो । उक्त समारोहमा करिब १,५०० जना उपस्थित भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले आगलागी आतिशबाजी उपकरणहरूबाट भएको हुन सक्ने बताएका छन्।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np