Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा सुरु

विराटनगर । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् ।

महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । चौतारीको अध्यक्षका लागि   वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी पेस गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np