Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

तीनकुने प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते

काठमाडौँ । तीनकुने क्षेत्रमा शुक्रबार भएको अराजक प्रदर्शनका क्रममा एक जना पत्रकार सहित २ को मृत्यु भएको छ । तीनकुनेस्थित एक व्यवसायिक भवनमा प्रदर्शनकारीले आगजनी गरेपछि सो भवनको छतमा रहेको एभिन्युज टिभीका पत्रकार  सुरेश रजकको मृत्यु भएको जनाइएको छ ।

भिडियो खिचिरहेका उनको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजावादी प्रदर्शनका क्रममा गोली लागेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । घाँटीमा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

सो प्रदर्शनका क्रममा भएको झडपमा करिब १५ जना सुरक्षाकर्मी घाइते भएको गृहमन्त्रालयले जनाएको छ । प्रदर्शनकारीतर्फ दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ ।

उक्त प्रदर्शनका क्रममा भएको विभिन्न आगजनी, लुटपाट तथा तोडफोडको क्षतिको यकीन विवरण आउन बाँकी छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np