Global Force Media

२०८३ जेष्ठ २१ - Thu Jun, 2026 -

एमालेले सरकारबारे धेरै चिन्ता गर्दैन : ओली

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसनमा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेको बताए ।

उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

मिसन ८४ एमालेलाई राष्ट्रिय शक्ति बनाउने चुनाव भएको ओलीले जिकिर गरे ।

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको भन्दै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएकाले सचेत हुन आग्रह गरे ।

प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्ने भन्दै उनले भने, ‘युवाले देश बनाउने संकल्पलाई गर्नुपर्दछ, संकल्पलाई साकार पार्नुपर्दछ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np