अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

अविरल वर्षाका कारण बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाए पछि अवरुद्ध भएको बीपी राजमार्ग केहीबेर अघिबाट पूर्ण रुपमा दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताएका छन ।
बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ, गिरीले भनअहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ । पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो । अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।



