Global Force Media

२०८३ जेष्ठ १६ - Sat May, 2026 -

हुम्लाको नाम्खा गाउॅपालिका–६ तिलगाउॅमा पहिरो, क्षेतिको विवरण अझै आउन बाँकी

हुम्लाको नाम्खा गाउॅपालिका–६ तिलगाउॅमा  बिहीबार राति ११ बजेतिर लेदोसहितको पहिरो आएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण सुरक्षाकर्मीको टोली पुग्न समस्या भएपछि ढिलो गरी घटना सार्वजनिक भएको हो ।

पहिरोको कारण २ घरमा क्षति भएको छ भने १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
‘गाउॅमाथि एउटा ताल रहेको गुगल म्यापमा देखियो, त्यही ताल फुटेर गाउॅमा क्षति पुगेको आशंका छ, त्यसको पुष्ट्याइएको लागि ५ जना स्थानीयलाई पठाएका छौं, तर टोली अझैसम्म नपुगेकाले केही भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘क्षतिको विवरण पनि अझै आएको छैन ।’ उनका अनुसार समुद्र सतहदेखि झण्डै ५ हजार ४ सय मिटरको उचाइमा उक्त ताल छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित सुरक्षाकर्मीको टोली पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार १८ घर उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारिएको छ । तिलगाउॅमा ५० घरधुरीमध्ये १८ घरधुरी बसोबास गर्दै आएका छन् । पहिरोले तिल्चुङ खोलाका ५ वटा काठे पुल बगाएको नाम्खा—६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार सुरक्षाकर्मीको टोली गाउॅमा पुगेकाले क्षतिको विवरण संकलन भइरहेको छ ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np