Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा र इगोका कारण कांग्रेस निर्वाचनमा पराजित भइरहयो – कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा र इगोका कारण कांग्रेस निर्वाचनमा पराजित भइरहेको बताएका छन् ।
विराटनगरमा भएको कार्यक्रममा बोल्दै पाटीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति कांग्रेस भित्र बढेको बताएका छन् ।

उनले स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको बताए । उनले भने, कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले हार्दैन । उनले आफू पार्टीको कामले धेरैजसो म जिल्लाहरुम रहेको र त्यहाँ पुग्दा जता पनि कांग्रेस मात्रै देख्ने गरको बताए ।

उनले भने ‘तर मलाई अचम्म लाग्छ, संगठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’

नेता कोइरालाले अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । उनले कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरु पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो ।’समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरु पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव समेत दिए । उनले अरु पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउने र देशमा देखिएका समस्याबारे छलफल गर्न सुझाव दिएको समेत बताए ।

‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ । उनले पाटी सभापतिले सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गरेको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np