Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

उपमहासचिव जनार्दनले आत्मालोचना गर्न मानेनन, अध्यक्ष प्रचण्डलाई निराधार आरोप लगाए

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराधार आरोप लगाएको बताएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देवप्रसाद गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा भनिएको छ, ‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसात् गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो। तर, कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयहरूमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो।’

सर्कुलरमा शर्माले अध्यक्ष दाहालका प्रति निराधार आरोप लगाएको उल्लेख छ। ‘अत: स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ। स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ।’

यसअघि बसेको पार्टी स्थायी समिति बैठकमा फरक मत दर्ज गराउँदै शर्माले नेतृत्वका प्रति प्रश्नहरू उठाएका थिए। बैठकको अन्तिममा अध्यक्ष दाहालले शर्मालाई आत्मालोचनाका लागि भनेका थिए तर, शर्माले पार्टी र आन्दोलनलाई यहाँसम्म ल्याइपुर्‍याउनुमा आफ्नो मात्रै हात नरहेको जिकिर गर्दै आत्मालोचना गर्न मानेका थिएनन्। यसपछि पार्टीले उक्त विषयलाई सर्कुलरमार्फत तल्ला कमिटीलाई पठाएको हो।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np