आफूलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो भयो- केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो भएको बताएका छन्। झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देश उठ्नको लागि आफू सरकारमा आउनुपर्ने बताए।
उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, ‘म सुन्छु प्रधानमन्त्रीको उम्मेदवार भन्ने। तपाईँहरूले बच्चा बच्चीलाई के हुने भनेर सोध्नुभयो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ। राष्ट्रपति पनि भन्न सक्छ। तर भइहाल्ने त होइन नि। उसले आफैँले आफैँलाई बन्ने भनेर घोषणा गरिदिन्छ।’
उनले प्रधानमन्त्री बन्ने भन्ने कुरा ख्याल ख्याल जस्तो लागेको टिप्पणी गरे। उनले आफू स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको जिकिर गरे।



