Global Force Media

२०८२ चैत्र १९ - Thu Apr, 2026 -

प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) सांसदहरूसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् ।

उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री शाहको छ ।

‘आज समय पुगेसम्म समूहमा छलफल गर्ने, नभ्याइएका सांसदहरूसँग फेरि अर्को दिन उहाँ ( प्रधानमन्त्री )ले छलफल गर्नुहुनेछ,’ सचिवालयका एक सदस्यले भने ।

यसअघि हिजो प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग छलफल गरेका थिए ।

छलफलका क्रममा उनले मन्त्रीहरूको योजना सुन्दै कुनै अलमलमा नपरी काम अघि बढाउन भनेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np