Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

सांसद श्रेष्ठबारे निर्णय गर्न रास्वपाको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ।

बुधबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरू भएको हो।

बैठकले सांसद ढाकाप्रसाद श्रेष्ठलाई कारबाही गर्ने/नगर्ने भन्नेबारे निर्णय गर्न लागेको छ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ बाहिरिएको थियो।

आफू स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनका उक्त रकम चाहिएको श्रेष्ठले अडिओमा भनेका छन्।

बुधबार दिउँसो २ बजे बस्ने भनिएको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन ढिला भएपछि निर्धारित समयमा बस्न नसकेको हो।

चितवनबाट आइपुगेका लामिछानेले बैठकअघि सांसद श्रेष्ठसँग छलफल गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np