Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

पर्यटन मन्त्रालय अन्तर्गतको निकायको सबै छपाइ प्रज्ञा प्रतिष्ठानले गर्ने

काठमाडौँ । पर्यटन मन्त्रालय अन्तर्गतको निकायको सबै छपाइ प्रज्ञा प्रतिष्ठानले गर्ने भएको छ । आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले  मन्त्रालय अन्तर्गतका निकायहरू र  यस मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाई सम्बन्धी कार्यहरू नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाई गर्ने  निर्णय गरेको हो ।

बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुरूप गर्न सकिने छपाइका कार्यहरूको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधि उल्लेखित सबै निकायहरूलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा  सञ्चालनमा आउने छ । यो निर्णयपछि वार्षिक रूपमा १२ करोड रुपैयाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुनेछ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ ।

यसअघि संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई कसरी पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउन सकिन्छ भन्ने विषयमा प्राज्ञहरूसँग छलफल गरेका थिए ।

उक्त समयमा पाण्डेले आफूले छापाखानालाई पूर्ण रूपमा सञ्चालनमा ल्याई प्रतिष्ठानको आय वृद्धि तथा राज्यको खर्च बचत गर्ने योजना अघि ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np