Global Force Media

२०८३ जेष्ठ २० - Wed Jun, 2026 -

नेकपा बहुमतले शुक्रबार महाअधिवेशन गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शुक्रबार महाधिवेशन गर्दैछ ।

महाधिवेशन शुक्रबार दिउँसो सवा ११ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने प्रचार-प्रसार इन्चार्ज गुणराज लुइटेलले जानकारी दिए ।

महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने धर्मेन्द्र बास्तोला कन्चनले जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएको बहुमतले यो महाधिवेशनलाई नवौं भनेको छ ।

विप्लवबाट छुट्टिएपछि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बुहुमत त्यहाँबाट पनि अलग भएको हो । बहुमतका तत्कालीन नेता हेमन्तप्रकाश ओली (सुदर्शन) भने बैद्यकै पार्टीमा छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np