Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

फिल्म ‘तलास’ को दोस्रो गीत सार्वजनिक

फाल्गुनन्द लिङ्देन फिल्मस्को निर्माण रहेको फिल्म ‘तलास’ को दोस्रो गीत ‘अप्सरा केही होइन’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार गर्ने उद्देश्यले गीत सार्वजनिक गरेको हो । मेलिना राई र उदय नेम्वाङको स्वर तथा उदय नेम्वाङको संगीत तथा शब्द गीतमा छ ।

गीतमा अभिनेता दावा मिङमार शेर्पा र अभिनेत्री विमला खजुम लिम्बुको अभिनय छ । फिल्मले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथा प्रस्तुत गरेको छ ।

फिल्ममा दावा र विमलासँगै राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिवाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, विमल ढुङ्गेल, विक्रम धिमाल, मेखबहादुर मगरलगायतको अभिनय छ ।

फिल्ममा दिनेश माङ्मुको नृत्य, रोशन वान्तवा राईको संगित, पुन्य ओझाको द्वन्द्व, विक्रम डिसीको छायाङ्कन र दिनेश लिङ्देनको कथा छ । फिल्म माघको तेस्रो साता प्रदर्शनमा आउने तयारी भएको निर्देशक लिङ्देनले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np