Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीलाई यातना

इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको पाकिस्तानी सन्चार माध्यमहरूले जनाएका छन् । मागेको रकम नदिएपछि युवतीको भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको समाचारमा जनाइएको छ ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलावादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । युवतीलाई दुर्व्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरीसहित सात संदिग्धहरूलाई पक्राउ गरेको छ र बाँकी संदिग्धहरूलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने ।

पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन् । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् । एजेन्सी

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np