Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

एमाले केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आजको बैठकमा हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनेछन् ।

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np