Global Force Media

२०८१ बैशाख ६ - Thu Apr, 2024 -

एनआरएनए एशिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी हुँदा पूर्वअध्यक्षहरू आएनन्

बैंकक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा। बद्री केसीले जानकारी दिएका छन् ।

सम्मेलनमा थाईल्याण्ड, म्यानमार, सिंगापुरमा रहेका रैथानेहरूले उठाउदै आएको पिपल फर नेपाली ओरजिन ९पिएनओ० को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी त्यहाँस्थित नेपाली समुदायले गरेका छन् ।

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवर बैंकक आइपुगेका छन् ।

सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणी भद्र कंडेल शर्मा, नेपाल उद्ययोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समाबेसी आयोगका सदस्य पुष्पराज तिमिल्सीना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य मिर्जा अर्सद बेग, थाईल्याण्डका लागी नेपाली राजदूत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान नेकपा ९माओबादी केन्द्र० क केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख ओम शर्मा लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरू, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्बका ३० देशहरूबाट समेत गरी करिब ३०० प्रतिनिधीहरूको सहभागिता रहेको एशिक्षा क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जनाए ।

भाईचार अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणाअनुरुप यो भेला आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा। बद्री केसी समेतको उपस्थिति रहेको छ ।

सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारको विभिन्न मनोरन्जनात्मक प्रस्तुति दिने तयारी छ ।

पूर्वअध्यक्षहरू अनुपस्थित
संघको क्षेत्रीय सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएका पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन, कुमार पन्तलगायत संघका महासचिव गौरीराज जोशी सम्मेलनमा सहभागी भएनन् । सम्मेलनमा पूर्वअध्यक्ष भवन भट्ट मात्र उपस्थित छन् । संघको १० औं महाधिवेशन देखि शुरु भएको संघभित्रको तिक्तता मेटाउने अपेक्षा गरिएको सम्मेलनमा पूर्वअध्यक्षहरूको अनुपस्थितिले सहभागीहरूमा खल्लो महशुस भएको छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतवार सम्मन्न हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np