Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

मुस्लिम आयोगका अध्यक्षले भगाएका रिजवान कारागार चलान

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको संरक्षण पाएका रिजवान आलम कारागार चलान भएका छन् । आलम दुबईबाट आउने क्रममा अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर भगाएको आरोप छ ।

एयरपोर्टबाट भागेपनि भदौ १८ गते राति सुनसरी घर भएका ३० वर्षीय आलमलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मेरियट होटलबाट पक्राउ गरेको थियो । होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

ठगी मुद्दामा फरार आरोपी उनलाई अदालतको आदेशमा आइतबार करागार चलान गरिएको प्रहरी स्रोतले बताएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np