Global Force Media

२०८१ बैशाख ८ - Sat Apr, 2024 -

जनसमाजवादी पार्टीले मुलुकमा आर्थिक समृद्धिको खाका नौलो ल्याएको छ : उपाध्यक्ष सुजाता काफ्ले 

सुजाता काफ्ले

भोलीको सन्ततीलाई हामी कस्तो नेतृत्व दिँदैछौं भन्ने भविष्यले देखाउँछ । जनता जागरूक भए साना शक्तिहरू पनि परिवर्तनका लागि अग्रस्थानमा आउन कुनै कठिन हुनेछैन, जनताले सोच र विचार गरी वैचारिकमात्र होइन, व्यवाहारिक शक्तिलाई मत दिनुपर्छ ।

परम्परागत दलले १० हजार प्रतिव्यक्ति आयको कुरा गरेका छन् । तर, कसरी भन्ने मोडेल छैन । हामी ५० हजार प्रतिव्यक्ति आयको लक्ष्य राख्छौं ।
जनसमाजवादी पार्टीले मुलुकमा आर्थिक समृद्धिको खाका नौलो ल्याएको छ
हामीसँग त्यसका लागि स्टार मोडेल छ , यसैमा काम गर्ने हो भने सम्भावना शतप्रतिशत छ ।

हामी राजनीतिक एजेन्डा र भाषणबाजीमा होइन, मुलुक आर्थिक विपन्नताबाट छिटो भन्दा छिटो सम्पन्नतातिर जाने एजेन्डा लिएर जनतामाझ झरेका छौं । राजनीतिक एजेन्डा चलिरहन्छ । तर, आर्थिक एजेन्डा सशक्त बनाउने क्रममा छौं । जनताको चाहना आर्थिक विसंगतीको अन्त्य र आर्थिक सम्पन्नता बलियो बनाउनुपर्छ भन्ने छ । दरिद्र मुलुकको नागरिक भएर देखा पर्नु, तुलनात्मक रूपमा कमजोर भएर देखिनुमा दुख मानिरहेका छन् । छिमेकी मुलुकहरू अघि बढीसकेका छन् । हिजोका कमजोर मुलुक आर्थिक सम्पन्नता जानेर अघि बढिरहेका छन् । राजनीति भन्दा भन्दै आर्थिक एजेन्डामा हामी प्रवेश गर्न सकेनौं । हामी आर्थिक एजेन्डा लिएर जनतामाझ गइरहेका छौं ।

हामीले स्टार मोडेल कार्यक्रम ल्याएका छौं । यो फिल्मी स्टार मोडेल होइन । हाम्रो मुलुक रहेको विविध स्रोत र साधनको चरम उपयोग गर्ने आर्थिक मोडेल हो । यसमा विदेशी पुँजीको आवश्यकता छैन । छोटो समयमा छिटो सम्पन्नतामा गर्नका लागि स्वदेशी पुँजीको प्रयोगका कुरा गरेका छौं ।

स्टार मोडेलको अर्थ छ (STAR MODEL) (STAR) साइन्स टेक्नोलोजी, टुरिजम एन्ड एभिएशन, एग्रीकल्चर, रिकन्स्ट्रक्सन र रिभाइलेशन स्टारको अर्थ हो र मोडेलको अर्थ (MODEL) मोडेरेशन, ओइल, डाइभर्सिटी, इनर्जी र ल्यान्ड मोडेलको अर्थ हो । यो अर्थपूर्ण राजनीतिक लक्ष्यबारे जनतालाई बुझाउने क्रममा छौं ।

यो कार्यक्रम लागु गरेपछि परिवर्तनको अनुभुति सवैले गर्छन् । नेपाल उन्नत भविष्यमा अघि बढ्छ । आर्थिक समृद्धिको पाटोमा अघि बढ्छ । अर्थपूर्ण राजनीतिक लक्ष्यबारे यो कार्यक्रम लागु गरेपछि देशले काँचुली फेर्छ ।

हाम्रो दलको खास काम भनेको देशको आर्थिक उन्नयनको दिशानिर्देश गर्ने हो ।
हामी चन्दा असुल गर्दैनौं । माग्दैनौं । बरू जनतासँग अपिल छ एक रूपियाँ चन्दा कसैलाई नदिनुहोस् । यसबाहेक हाम्रा कुरा बुझाउने कोशिशमा जनतासँग छौं । समृद्ध नेपाल फास्ट ट्रयाकमा छिटो लाने हाम्रो लक्ष्य र संकल्प हो । हामी बोल्ने होइन, गरेर देखाउनका लागि तयार छौं । हामीसँग मास्टर प्लान छ । हामी यहि भनेर अघि बढिरहेका छौं
सुजाता काफ्ले
केन्द्रीय उपाध्यक्ष
जनसमाजवादी पार्टी नेपाल

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np